सागका पदकधारी खेलाडीलाई सम्मान

महेन्द्रनगर, ८ पुस
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) मा भीमदत्त नगरपालिका वडा नं. ६ बाट पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । भीनपा वडा कार्यालय र सान ईन्टरनेशनल विद्यालयले आइतबार संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा खेलाडीसंगे प्रशिक्षक समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा फुटबलमा स्वर्ण पदक हात पार्ने अपर्ण कार्की, बाडमिन्टनका कास्य रजत विजेता दिपेश धामी, कुस्ती तर्फ कोमल खत्री (कास्य) र महिला भलिबलका पुन चन्दलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

फूटलबका कार्कीलाई नगद २५ हजार, धामीलाई २० हजार चन्दलाई २२ हजार र खत्रीलाई २० हजार नदग पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा भलिबलका राष्ट्रियक प्रशिक्षक जगदिश प्रशाद भट्ट र कुस्ती प्रशिक्षक राजेन्द्र चन्दलाई पनि नगद १०÷१० हजारका दरले पुरस्कार सहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नु भयो । कुस्तीबाट रजत ल्याएका खत्री सान ईन्टर नेशनलका विद्यार्थी हुन् । भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष हरक सिह धामीले खेलाडीको हौसलाका साथै खेल क्षेत्रको विकासका लागि साग विजेता वडाका खेलाडीलाई सम्मान गरिएको बताउनु भयो ।

Loading...