चिसो बढेपछि दुई दिन विदा

महेन्द्रनगर, २३ पुुस
शितलहरूसँगै अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ । चिसोका कारण बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयमा पुस २४ देखि २५ गते सम्म बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

Loading...