शुक्लाफाँटा निकुञ्जका जनावर पीडित वासिन्दालाई राहत

महेन्द्रनगर, २८ पुुस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गतको शुक्लाफाँटा उपभोक्ता समितिले जंगली जनावरबाट पीडित मध्यवर्ती क्षेत्रका वासिन्दार्ला राहत वितरण गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी ३० जनालाई राहत वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विष्टले पीडितहरुलाई राहत रकमको चेक हस्तान्तरण गर्नु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका तथा शुक्लाफाँटा उपभोक्ता समितिका अध्यक्ष लव बिष्ट, शुक्लाफाँटा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप समितिका अध्यक्ष महेश दत्त भट्ट लगायतका सहभागी हुनु भएको छ ।

मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका कार्यक्रम अधिकृत कर्ण बहादुर कुँवरले सञ्चालन गरेको कार्यक्रममा चोरी शिकारी नियन्त्रण उप समितिका अध्यक्ष भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्टले निकुन्ज र मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिसंग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिती अध्यक्ष लव बिष्टले संरक्षणमा नगरपालिकाको सहयोग रहदै आएकोमा प्रसंशा गर्दै आगामी दिनमा संघ र प्रदेश सरकारसित पहल गरी कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

Loading...