मझगाउँ विमानस्थल विमानस्थल संरक्षण कार्य सुरु

महेन्द्रनगर, २५ माघ
दुई दशकदेखि बन्द मझगाउँ विमानस्थल संरक्षणका लागि तारबार गर्न सुरु गरिएको छ । विमानस्थल सञ्चालका लागि प्राविधिक अध्ययन गरिएपछि संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा विमानस्थल संरक्षणका लागि तारजाली सुरु गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार ताराजाली शिलान्यास गर्नु भयो । विमानस्थलमा जनप्रतिनिधि, प्राविधिक सहित स्थलगत निरीक्षणपछि मन्त्री भट्टराइले तारजाली निर्माण कार्यको शिलान्यास गर्नु भएको छ ।

तारजालीका लागि साँसद भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट ५० लाख बजेट विनियोजन गरिएको छ । यसैगरी प्रदेश सभा सदस्य मान बहादुर सुनारको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २५ लाख, भीमदत्त नगरपालिकाले २० लाख र माहाकाली नगरपालिकाले १० लाख बजेट विनियोजन गरिएको छ ।

विमानस्थल निरीक्षण गर्न पुगेका मन्त्री भट्टराईलाई मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेश चन्द लगायतले स्वागत गर्नु भयो । मन्त्री भट्टराईसित निरीक्षणमा संघीय साँसद डा.दिपक प्र्रकाश भट्ट, नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट लगायतका लगायतका सहभागी हुनु भएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ का साँसद भट्ट सहित प्रदेश सभा साँसद सुनारले चुनावमा विमानस्थल सञ्चालनका लागि प्रतिवद्धता गर्नु भएको थियो ।

Loading...