गड्डाचौकीको पर्यटन सूचना केन्द्र भीमदत्त मातहत

महेन्द्रनगर, २६ माघ
पश्चिमी सीमा नाका गडडाचौकीसित पर्यटन सूचना केन्द्र भीमदत्त नगरपालिकाले सञ्चालन गर्ने भएको छ । यस अघि संघ सरकारले सञ्चालन गर्र्दै आएको सूचना केन्द्रलाई स्थानीय सरकार मातहत ल्याउन लागिएको हो ।
मझगाउँ विमानस्थल निरीक्षण गर्न कञ्चनपुर आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईंले केही दिनमै पर्यटन सूचना केन्द्र नगरपालिका मातहत सञ्चालन गरिने बताउनु भयो । ‘गड्डाचौकी सूचना केन्द्र सञ्चालनका नगरपालिकाले इच्छा देखाएको छ, म एक दुई दिनमै सबै कागजात बनाएर हस्तान्तरण गरि दिन्छु’ भीमदत्त नगरपालिकामा मझगाउँ विमानस्थल सञ्चालनका लागि शनिबार आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले भन्नु भयो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटन सूचना केन्द्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । पर्यटन सूचना केन्द्रले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, पर्यटकहरुको तथ्याङ्क संकलन सहित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मन्त्री भट्टराईले गड्डाचौकीमा नाका पर्यटकहरुका लागि रिफ्रेस सेन्टर सञ्चालनका लागि आगामी आर्थिक वर्ष बजेट विनियोजन गरिने बताउनु भयो । सरकारले एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरी काम सुरु गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पर्यटन सूचना केन्द्र सञ्चालन, रिफ्रेस सेन्टर सञ्चालन लगायत भीमदत्त नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि मन्त्री भट्टराईलाई माग पत्र पेश गर्नु भएको थियो ।

Loading...